• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंवाट ४ चोर पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ माघ । काठमाडौंमा ४ जना चोर पक्राउ परेका छन् ।

 

भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका– ३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तिर्थ बहादुर थापामगर, दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं गोठाटार बस्ने ४३ वर्षीय सुवास मगर, सिन्धुली मरिण गाउँपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३८ वर्षीया सुनिता तामाङ र खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ मोती चोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मा रहेका छन् । 

 

पदमा कुमारीको कोठाबाट गत पुस १६ गते सुनका विभिन्न गरगहना र नगद गरी करिब १६ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

 

साथै प्रहरीले उनीहरूको साथबाट स्वरूप परिवर्तन गरिएको सुन १ तोला ७७ लाल, स्कुटर १ थान, नगद ३० हजार रूपैयाँ र मोबाइल ४ थान बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖