• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

भारतमा भएको रेल दुर्घटनामा नेपालका एकै परिवारका ३ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेमा तीन नेपाली नागरिक पनि रहेको पाइएको छ । ज्यान गुमाउने नेपालीमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहीबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ । मृतकहरू नौ पुरुष र तीन महिला रहेका छन् । यद्यपि हालसम्म ६ जनाको मात्रै सनाखत भएको छ ।

यस्तै दुर्घटनामा परी कम्तीमा ४० जना घाइते भएको र चारको अवस्था गम्भीर रहेको बताइएको छ ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँस्थित रेलवे ट्र्याकमा उभिएको थियो । यात्रुहरूले आगो लागेको हुनसक्ने डरले चेन तानेका थिए । यसपछि रेल रोकियो । यसपछि ट्र्याकको अर्को छेउमा एक यात्रु हाम फालेका थिए ।

त्यही क्रममा कर्नाटक एक्सप्रेस नाम अर्को रेल पुष्पकमा ठोक्कियो । यसले गर्दा दुर्घटना भएर मानवीय क्षति भएको हो । कर्नाटक एक्सप्रेस भने मनमाडबाट भुसावल जाँदै गरेको बताइएको छ ।

घाइतहरूको पचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖