• Tuesday 6th of October 2026

अक्षय कुमारकाे फिल्म धेरै पछाडी १०० करोडको क्लबमा


  • धनकुटा खबर
  • .

मुम्बइ, १९ माघ । अक्षय कुमार र वीर पहाडिया स्टारर फिल्म ‘स्काई फोर्स’ ले एक सातामा १०० बढी कमाएको छ ।

 

फिल्मले बिहीबार ५.६४ करोड कमाएको छ । यसका साथै फिल्मले विश्वभर १०० करोडको आँकडा पनि पार गरिसकेको छ ।

 

अक्षय कुमारका पछिल्ला चार फिल्मको सङ्कलन हेर्दा स्काई फोर्सको कमाइले उनलाई पक्कै पनि राहतको सास दिनेछ। तर, शाहिद कपूरको फिल्म ‘देवा’  रिलिज भए पछि ‘स्काई फोर्स’ को कमाईमा केही गिरावट आउन भने सक्छ ।

फिल्मले विदेशमा पनि राम्रो कमाइ गरिरहेको छ । हालसम्म यसले विश्वभर १०४.७५ करोड रुपैयाँ संकलन गरिसकेको छ । 

 

अक्षय कुमारका पछिल्ला दुई फिल्म ‘खेल खेल में’ ले ४०.३६ करोडको अल टाइम कलेक्सन गरेको थियो । योसँगै ‘सरफिरा’ ले २२ करोड मात्रै कमाएको थियो । अब स्काई फोर्सको प्रदर्शनले अक्षयलाई राहत दिएको हुनुपर्छ । अक्षयको अन्तिम सुपरहिट फिल्म ओएमजीः २ थियो, जसको कुल कलेक्सन १५०.१७ करोड थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖