नुवाकोट, माघ २६ – नुवाकोट जिल्लाको विदुर नगरपालिका–९ की वडा सदस्य धनकुमारी सुनार त्रिशूली नदीले बगाएको छ।
शनिबार बिहान विदुर–५ स्थित देविघाट जालपा मन्दिरमा दर्शन गर्न गएकी सुनार नुहाउने क्रममा नदीको बहावमा परेर बेपत्ता भएकी हुन्।
प्रहरीका अनुसार उनको खोजी कार्य जारी रहेको छ। सुनार नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटी सदस्य समेत हुन्।
