• Friday 16th of October 2026

दक्षिणकालीमा स्कुल बस दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको दक्षिणकालीमा स्कुल बस दुर्घटना भएको छ । आइतबार अपराह्न दक्षिणकाली नगरपालिकास्थित भन्ज्याङ भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेको बस जुनकिरी स्कुलको भएको र त्यसमा सवार २५ जना घाइते भएका छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖