• Sunday 1st of November 2026

ओलीको ‘२४ घण्टे’ प्रतिबद्धता झूटै हो? खनाललाई देउवा प्रधानमन्त्री बन्नेमा गम्भीर आशंका!


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा गम्भीर आशंका व्यक्त गरेका छन्।

बिहीबार राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा खनालले ओलीले २४ घण्टामा एक पटक देउवालाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरे पनि त्यसलाई विश्वास गर्न नसकिने बताएका छन्।

खनालले भने, “उहाँ (ओली) ले बारम्बार देउवालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुहुन्छ, तर त्यसलाई पूरै विश्वास गर्न सकिन्न। आखिर देउवाजीको ओलीसँग कति गहिरो समझदारी छ, त्यसैमा भर पर्छ।”

ओलीको अघिल्लो व्यवहारकै कारण आशंका

वर्तमान सत्ता गठबन्धनको समझदारीअनुसार आगामी चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ। तर, प्रधानमन्त्री ओली समयमै सत्ता हस्तान्तरण गर्छन् वा गर्दैनन् भन्ने विषयमा व्यापक आशंका बढ्दै गएको छ।

यसअघि पनि ओलीले सहमतिहरू तोड्ने, राजनीतिक रूपमा अप्रत्याशित निर्णय गर्ने प्रवृत्ति देखाएकाले विपक्षी दलका नेताहरू मात्र होइन, सत्ता गठबन्धनमै रहेका नेताहरू पनि उनमाथि विश्वास गर्न सक्ने अवस्थामा छैनन्।

खनालको टिप्पणीले सत्ता हस्तान्तरणको विषय अझै अन्योलपूर्ण रहेको संकेत दिएको छ। अब ओलीले साँच्चै देउवालाई सहजै प्रधानमन्त्री बन्न दिन्छन् वा पछिल्लो क्षणमा नयाँ रणनीति अपनाउँछन् भन्ने विषयले राजनीतिक वृत्तमा चासो बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖