• Tuesday 6th of October 2026

सनी देओलको १९९६ को ‘घातक’ फ्रेबुअरी अन्तमा पुनः रिलिज हुने


  • धनकुटा खबर
  • .

मुम्बई, ४ फागुन । बलिउडमा पुनः रिलिज गर्ने चलन एक्कासी बढेको छ ।

 

जसअनुसार केही क्लासिक सुपरहिट ठूलो पर्दाका फिल्महरू पुनः रिलिजका लागि तयारी अवस्थामा रहे।का छन्।

 

खासमा रि रिलिज भएको पछिल्लो ब्लकबस्टर ‘सनम तेरी कसम’ सहित केही फिल्मले ठूलो सफलता हासिल गरे पछि बलिउडका निर्माताहरू रि–रिलिजमा ध्यान दिन थालेका छन । 

 

अब सुपरस्टार आमिर खान र सलमान खानको प्रतिष्ठित कमेडी फिल्म राजकुमार सन्तोषी द्वारा निर्देशित ‘अन्दाज अपना अपना’ यो वर्ष अप्रिलमा पुनः रिलीज हुदैँछ। अब सन्तोषीको नै अर्को कल्ट क्लासिक फिल्म ‘घातक’ पुनः रिलिज गर्ने तयारी भएको छ, जसमा सनी देओलको मुख्य अभिनय रहेको छ ।

 

बलिउड हंगामाको रिपोर्टका अनुसार सन् १९९६ मा आफ्नो मूल रिलिजमा ठूलो सफलता पाएको आइकोनिक एक्सन ड्रामा फेब्रुअरी २८ मा देशभरका सिनेमाघरमा रिलिज हुनेछ। यो एक अस्थायी मिति हो, जुन परिवर्तन हुन सक्छ र यसका लागि केही दिनमा निर्णय हुने अपेक्षा गरिएको छ।

 

यसको पहिलो रिलिजमा विश्वव्यापी रूपमा लगभग २६.५० करोड कुल सङ्कलन गरेर सो वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने बलिउड फिल्मको रेकर्ड बनाएको थियो। फिल्मलाई यसका संवादहरूका लागि सम्झना गरिने गरिन्छ । फिल्ममा सनी देओलको उत्कृष्ट प्रदर्शनका साथै मीनाक्षी, अमरीश पुरी र ड्यानी डेन्जोङ्पा पनि अभिनय रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖