• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

महाकुम्भ गएका महिलाहरूको अश्लील भिडियो लिक, प्रहरीले सुरु गर्‍यो कारबाही


  • धनकुटा खबर
  • .

प्रयागराज महाकुम्भमा एकातिर भीड र ट्राफिकको समस्या चर्चामा छ भने अर्कोतिर गम्भीर अपराधको घटना बाहिर आएको छ। महिलाहरूको नुहाउने र लुगा फेर्ने तस्बिर तथा भिडियो सामाजिक सञ्जाल र टेलिग्राममा अपलोड गरी बेच्ने कार्यमा संलग्नहरूविरुद्ध प्रहरीले कठोर कदम चालेको छ।

महाकुम्भका डीआईजी वैभव कृष्णले यो घटनामा संलग्नलाई कुनै हालतमा नछोड्ने बताएका छन्। प्रहरीले हालसम्म १३ वटा एफआईआर दर्ता गरी ११३ जनाको पहिचान गरिसकेको छ। अभियुक्तहरूको पक्राउका लागि विशेष साइबर क्राइम टोली गठन गरिएको छ। डीआईजी वैभव कृष्णका अनुसार यो कार्य केवल अभद्र व्यवहार मात्र नभई महिलाविरुद्धको गम्भीर आपराधिक षडयन्त्र हो।

प्रहरीको अनुगमन टोलीले सामाजिक सञ्जालमा महाकुम्भमा नुहाउने महिलाहरूको गोपनीयता उल्लङ्घन हुने सामग्री पोस्ट गरिएको फेला पारेपछि कानुनी कारबाही अघि बढाएको हो। पहिलोपटक फेब्रुअरी १७ मा एक इन्स्टाग्राम खातामार्फत महिलाहरूको आपत्तिजनक भिडियो पोस्ट गरिएको फेला परेपछि अनुसन्धान तीव्र पारिएको छ। सो खाताको सञ्चालक पहिचान गर्नका लागि मेटासँग जानकारी लिइएको छ।

यसैबीच, टेलिग्रामका केही च्यानलहरू र इन्स्टाग्रामका प्रोफाइलहरूमार्फत यस्ता सामग्रीहरू भाइरल गरिएको भेटिएपछि प्रहरीले कडा कारबाही थालेको छ। हालसम्म १०३ वटा सामाजिक सञ्जाल प्रोफाइल पहिचान भइसकेका छन्। साथै, महाकुम्भको भिडियो अन्य ठाउँबाट सेयर गर्ने २६ वटा सामाजिक सञ्जाल ह्यान्डलहरूविरुद्ध समेत एफआईआर दर्ता गरिएको छ।

प्रहरीले आईटी ऐन र भारतीय दण्ड संहिता (बीएनएस) अन्तर्गत गम्भीर अपराधका रूपमा मुद्दा दर्ता गरेको छ। यस प्रकरणमा संलग्न बिक्रेता र खरिद गर्ने दुबैलाई पक्राउ गरिनेछ। प्रहरीका अनुसार त्यस्ता अवैध गतिविधि सञ्चालन गर्ने सबै सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध निरन्तर कारबाही गरिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖