नयाँ दिल्ली । महाकुम्भसँग सम्बन्धित तीन दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । यी मध्ये दुई दुर्घटना उत्तर प्रदेशमा र एउटा बिहारमा भएको हो ।
दुई दुर्घटनामा मानिसहरू महाकुम्भमा स्नान गरेर फर्किरहेका थिए । एउटामा भने एक परिवार स्नान गर्न गइरहेको थियो ।
महाकुम्भ मेलाबाट बिहारको भोजपुर फर्किरहेको कार ट्रकको पछाडि ठोक्किएको छ । यसमा ६ जनाको मृत्यु भयो । यीमध्ये चार जना एउटै परिवारका थिए ।
वाराणसीको प्रयागराज राजमार्गमा भक्तजनहरू बोकेको कार पार्क गरिएको ट्रकसँग ठोक्किएको थियो । यो कारका मानिसहरू महाकुम्भमा स्नान गर्न जाँदै थिए ।
उत्तर प्रदेशको गाजीपुरमा भने महाकुम्भबाट फर्किरहेको कार वाराणसी–गोरखपुर राजमार्गमा पार्क गरिएको ट्रलीसँग ठोक्कियो । यसमा ४ जनाको मृत्यु भएको छ ।
