• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बिहेमा झडप हुँदा युवकको मृत्यु


  • धनकुटा खबर
  • .

बाजुरामा बिहेमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापा उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक जनक बोहराका अनुसार अछामको बयलपाटा अस्पतालमा उनको शुक्रबार मृत्यु भएको छ।

कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीर्घ विष्ट, लोकेन्द्र खड्का र खेमराज विष्ट रहेका छन्। अन्य दुई जनालाई पनि घटनाको बारेमा सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖