• Monday 5th of October 2026

नेपाल र म्यानमारबीच २-२ को बराबरी, फाइनल अघि दुवै टोलीको मजबुत प्रदर्शन


  • धनकुटा खबर
  • .

चार राष्ट्र सम्मिलित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को बराबरीमा टुंगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै चार गोल भएतापनि दोस्रो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन्।

खेलको छैटाैं मिनेटमै म्यानमारकी म्याट नोए खिनले फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्।

त्यसको ११ औं मिनेटमै नेपालले बराबरी गोल फर्कायो। सावित्रा भण्डारीको बायाँ विंगबाट आएको पासलाई सविता राना मगरले गोलमा परिणत गर्दै नेपाललाई खेलमा फर्काइन्।

१६औं मिनेटमा म्यानमारले पुनः अग्रता लियो। मे लुले चेस्लेले दुई नेपाली डिफेन्डरलाई छक्याउँदै गोल गरिन् र टोलीलाई २-१ को अग्रता दिलाइन्।

नेपालले पहिलो हाफको ४०औं मिनेटमा पुनः बराबरी गोल फर्कायो। सावित्रा भण्डारीले व्यक्तिगत कौशल प्रदर्शन गर्दै नेपाललाई २-२ को स्थितिमा ल्याइन्।

दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। नेपाल र म्यानमार दुवैले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेकाले यो खेल फाइनलअघिको रणनीतिक तयारीको रुपमा रहेको थियो।

अब नेपाल र म्यानमारबीच फाइनल प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖