• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कुन कानुन अन्तर्गत प्रहरीले गाडीको ‘ह्वील लक’ गरे भन्दै सूचना आयोगमा निवेदन


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरी कर्मचारी (ट्राफिक)ले कुन कानुन अन्तर्गत सवारी साधनको ‘ह्वील लक’ गरेको हो भन्दै सूचना आयोगमा निवेदन दायर भएको छ ।

धनुषा जिल्लाको नगराइन–२ घर भई हाल काठमाडौँ–११, माइतीघर बस्दै आएका विवेक चौधरीले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका हुन् ।

उनले उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइ आफूले माग गरे बमोजिम सूचना नपाएको भन्दै आयोगमा फागुन ११ गते निवेदन दायर गरेका हुन् ।

प्रहरी ऐन २०१२ वा अरू कुनै प्रचलित ऐनबाट पाएको अधिकारभन्दा बढी अख्तियार प्रहरीले प्रयोग गर्न पाउँदैन भन्ने कानुनी व्यवस्था रहेको भन्दै चौधरीले यातायात व्यवस्था ऐन २०४९ ले प्रहरीलाई सवारी नियम उल्लंघनमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० र १६४ मा जरिवाना गर्ने अधिकारमात्र दिएको जिकिर गरेका छन् । उक्त ऐनमा कतै पनि प्रहरीलाई गाडीमा ह्वील लक गर्न मिल्ने अधिकार नभएको भन्दै उनले कुन कानुन अन्तर्गत सवारी साधनमा ह्वील लक गरिँदै आएको हो भन्नेबारे सूचना माग गरेका हुन् ।

कानुन विपरीत काम हुँदै आएको हो भने सम्बन्धितमाथि कारबाहीको मागसमेत चौधरीले निवेदनमा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖