साउथ कोरियामा म्याग्दीका तुलसी पुन मगरले आफ्नै नेपाली सहकर्मी र साहुले दिएको पि’डा सहन नसकी आत्म’ह’त्या गरेका छन।
बैदेशिक रोजगारीका लागि ६ महिना अघि कोरिया पुगेका पुनले बङुर फार्ममा काम गरे। काम राम्रै चलिरहदा कम्पनीका पुराना कर्मचारी जो लिडर थिए भने नेपाली पनि थिए ।
उनले त्यहाँ काम गर्ने अन्य नेपाली लाई कु’टपि’ट गर्ने, या’तना दिने , साहु लाई नचाहिने कुरा लगाउने गरेर या’तना दिन थाले। उनीहरुले अति भएपछि एक भिडियो सार्वजनिक गर्दै नेपाल झिकाउन हारगुहार गरेका थिए ।
तीनै गुहार माग्ने मध्यका तुलसी पुन मगरले आ’त्मह’त्या गरेका हुन। एउटा नेपालीको कारण अर्को नेपालीले मृ’त्यु बर’ण गर्नु परेपछि सम्बन्धित पक्षलाई कार्वाही गर्न कोरिया स्थित नेपालीहरुले माग गरिरहेका छन।
