धनगढी,फागुन १५।भारतको बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको मृत्यु भएको छ।
शिवरात्रीको दिन भारत बेंगलोर देखी नन्दीहिल्समा रहेको शिव मन्दिर दर्शन गर्न जाँदा कर्नाटक राज्य चिक्बल्लापुरमा मोटरसाइकल दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको हो।
मोटरसाइकल दुर्घटनामा परी बझाङ्ग जिल्ला थलारा गाउँपालिका वडा नम्बर ४ मोयल घर भई हाल रोजगारीको शिलसिलामा बेंगलोर बस्दै आएका २८ बर्षका सुनिल बिष्ट र खप्तड छान्ना गाउँपालिका वडा नम्बर ५ का २६ बर्षिय उज्वल भण्डारीको घटना स्थलमै मृत्यु भयको हो।
पारिवारिक स्रोतका अनुसार सुनिल श्रीमतीसहित एक छोरी संग बस्दै आएका थिए। दुबै जना रुम(कोठा)बाट मंगलबार बेलुका नै हिँडेको र निन्द्रा पुरा नभएर उक्त दुर्घटना हुनसक्ने बताएका छन्।
