• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

केपी ओलीलाई ‘बिट बक्स’ सुनाएर मन्त्रमुग्ध बनाउने युवक को हुन्?


  • धनकुटा खबर
  • .

मंगलबार रातिदेखि नै एउटा भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल बन्यो। भिडिओ थियो, एक युवकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुखले बजाउने ‘बिट बक्स’ म्युजिकले मन्त्रमुग्ध बनाएको।

सामाजिक सञ्जालमा धेरै टीकाटिप्पणी भइरहेको उक्त भिडिओमा ‘बिट बक्स’ बजाउने युवक को हुन् भनेर निकै चासो र जिज्ञासा पनि व्यक्त भएको पाइन्छ।

‘बिट बक्स’को साथमा ती युवकले प्रधानमन्त्री ओलीका कामकाज र व्यक्तित्वको प्रशंसा गरेका छन्। एक मिनेट २८ सेकेन्ड ‘बिट बक्स’ बजाउँदा प्रधानमन्त्री एक टकले सुनिरहेका देखिन्छन्।

ती युवकले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई मन्त्रमुग्ध हुने गरी ‘बिट बक्स’को साथमा गाएका थिए-

सुखी नेपाली समृद्ध नेपाल, नयाँ केपी ओली देश नै बब्बाल
केपी बा… नायक केपी बा… नायक…नायक केपी बा

ढलेको धरहरा कसले बनायो?
…केपी बाले

सुरुङ युगको सुरुवात कसले गरायो?

….केपी बाले

ती युवकले आफ्नो प्रस्तुति सकेपछि प्रधानमन्त्री ओली र सँगै रहेका अरूले ‘वाउ’ भन्दै ताली बजाएका छन्।

को हुन् यी युवक?
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ओलीलाई मुखले बजाउने ‘बिट बक्स’को म्युजिकसहित उनकै प्रशंसा गरिएको गीत सुनाउने व्यक्ति हुन्, पोखराका अश्रान्त पहारी। उनी नेकपा एमालेनिकट नेपाल युवा संघका पूर्वअध्यक्ष राजीव पहारीका छोरा हुन्।

राजीव हाल एमाले केन्द्रीय सदस्य छन् र युवा इन्चार्ज पनि हुन्।

प्रधानमन्त्रीसँग छोराको भेटको चाँजोपाँजो पनि राजीवले नै मिलाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖