• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

हराएको ५ महिनापछि महिलाको कंकाल फेला, टाउको र संवेदनशील अंगमा ढुंगाले हानेर क्रूरतापूर्वक हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं– अपराधका अनेक प्रकारका क्रममा ५ महिनाअघिको एउटा घटनाको अनुसन्धानमा काभ्रेपलाञ्चोक प्रहरी सफल भएको छ।

हराएको ५ महिनापछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ११ की निशा लामाको कंकाल मात्र भेटियो।

औषधी किन्न पाँचखालको तामाघाट जान्छु भनेर घरबाट हिँडेकी निशाको अत्तोपत्तो थिएन। उनी असोजमा हिँडेकी थिइन्।

फागुन १४ गते भने पाँचखाल नगरपालिका– ३ मा रहेको काफ्लेडिही नजिकैको जंगलमा निशाको कंकाल फेला परेको र त्योसँगै भेटिएका अन्य सामग्रीका आधारमा सनाखत गरिएको प्रहरीले जनाएको छ।

कंकालसँगै ब्याग र चप्पल भेटिएको र ब्यागमा निशा लामाको नाममा काटिएको लेडिज टेलरको बिल फेला परेको छ।

निशाका पति राइफल लामाले पनि कंकाल आफ्नी पत्नीको भएको सनाखत गरेका छन्।

अनुसन्धानकै क्रममा प्रहरीले काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– ६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेको छ।

रन्जितकारविरुद्ध निशाका पति राइफल लामाले जाहेरी समेत दर्ता गराइसकेका छन्। उनले जाहेरीमा सुनिल रञ्जितकारले निशालाई बनेपामा भेटी ललाईफकाई झुक्याएर काफ्लेडिहीको जंगलमा लगेको उल्लेख गरेका छन्।

रञ्जितकारले प्रारम्भिक बयानको क्रममा हत्या आफूले नै गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा ढुंगाले निशाको टाउकोमा पटक–पटक प्रहार गरी क्रूरतापूर्वक हत्या गरेको जानकारी लिइएको छ।

रञ्जितकारले जबर्जस्ती करणीको अभियोगमा फसाइदिन्छु भन्दै निशाले धम्की दिएपछि आवेशमा आएर धारिलो हतियार र ढुंगाले टाउकोमा र संवेदनशील अंगमा क्रूरता पूर्वक प्रहार गरेर हत्या गरेको बयान दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖