• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । शनिबार राति ८ बजे कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर स्थानीय ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट सोही ठाउँका उनी घाइते भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको राससले समाचारमा उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖