• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

‘अवैध रकम कारोबारी’ रास्वपा केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहन थापालाई अमेरिकाका विमानस्थलमा स्थानीय प्रहरीले पक्राउ गरेको छ।

फेडरल ब्यूरो अफ इन्टेलिजेन्स (एफबीआई) अधिकारीले उनलाई पक्राउ गरेको हो। पक्राउको कारण खुलेको छैन। उनलाई नेपाल डिपोर्ट गर्ने या नगर्ने भन्ने विषयमा पनि केही खुलेको छैन।

उच्च स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले इन्टरपोलमा गरेको पत्राचारका आधारमा पक्राउ गरिएको हो। तर, यसको स्वतन्त्र पुष्टि सीआईबीले गरिसकेको छैन।

थापा रास्वपा सभापति रवि लामिछानेको अवैध रकमको कारोबारी रहेको आरोप लागेको थियो। रास्वपाका तत्कालिन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड मागेको कोर टीमका सदस्य तथा पूर्वमहामन्त्री मुकुल ढकालले नाम नै किटान गरेको व्यक्ति हुन् पक्राउ गरिएका थापा।

यसबाहेक थापा प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा कालोझन्डा देखाउने अभियानका नाइके पनि थिए। उनले आह्वान नै गरेर कालो झन्डा देखाउन भनेका थिए।

अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ गरिएका हुन्। उनले अमेरिकी सरकारको नीतिविपरित ठगी धन्दा चलाएको भन्ने पनि आरोप लगाएको छ।

एक सातासम्म नेपाल डिपोर्ट नगरिएका थापा अमेरिकी कानुन उल्लंघन र अपराध गरेका आधारमा पक्राउ गरिएको भन्ने प्रारम्भिक जानकारी आएको छ। यद्यपि यसबारेमा क्यानडानेपालले एफबीआईलाई गरेको इमेलमा जवाफ आएको छैन।

अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ।

बाल्टिमोरस्थित नेपालीहरुको छाता संगठन बानाका पूर्व अध्यक्ष समेत रहेका थापाको पक्राउबारे संस्थाका अधिकारीहरुले थाहा पाए पनि यसलाई गोप्य राखेका थिए।

राष्ट्रपति ट्रम्प निर्वाचित भएपछि विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर सम्बन्धित देशमा पठाउने प्रक्रिया चलिहरहेको बेला थापालाई नेपाल फर्काउने आशंका समेत गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖