• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सामुदायिक वनमा दुई जना मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी,फागुन १८। धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्।

आइतबार बिहान आठ बजे धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार मृत फेला पर्नेमा धनगढी-१० का अन्दाजी ३२ वर्षका देवल चौधरी रहेका छन्। उनी जामुनको रूखमा साइकलमा सामान बाँध्ने ट्युबले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

उक्त ठाउँबाट २० मिटर टाढा सोही ठाउँका अन्दाजी ३४ वर्षका कैदा राना भूमिमा पल्टेको अवस्था मृत फेला परेका छन्। डीएसपी बोहराले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖