• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राजधानीको टोखामा गोली चल्यो, एक जना नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँमा गोली चलाएर प्रहरीले एक अभियुक्तलाई पक्राउ परेको छ। गोठाटार हत्याका अभियुक्त गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

२०७९ असोजमा गोठाटारमा पटेलको समूहले गोली प्रहार गरी लाल मोहम्मदको हत्या गरेको थियो।

सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ।

पटेलको खुट्टामा दुई राउन्ड गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए।

उनलाई टोखाको चन्डेश्वरी अस्पतालमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖