• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

महाकुम्भका भाइरल आईआईटी बाबाविरुद्ध मुद्दा दर्ता, यसरी भयो फोहोरी काण्डको खुलासा


  • धनकुटा खबर
  • .

महाकुम्भको समयदेखि चर्चामा रहेका ‘आईआईटी बाबा’ अर्थात् इन्जिनियर अभय सिंह फेरि विवादमा तानिएका छन्। जयपुर प्रहरीले उनलाई लागूऔषध (गाँजा) सम्बन्धी मुद्दामा मुद्दा दर्ता गरेको छ।

जुना अखाडाबाट निष्कासन
महाकुम्भका बेला अभय सिंहलाई जुना अखाडाले शिविरबाट निष्कासित गरेको थियो। जुना अखाडाका प्रवक्ता श्रीमहन्त नारायण गिरीका अनुसार, उनी कुनै साधु नभई लखनऊबाट आएका एक सामान्य व्यक्ति थिए। उनले आफ्ना गुरु महन्त सोमेश्वर पुरीविरुद्ध अपशब्द प्रयोग गरेपछि अखाडाले उनलाई प्रतिबन्ध लगायो।

लगातार विवादमा आईआईटी बाबा
भारत-पाकिस्तान क्रिकेट खेलमा भारतले हार्ने भविष्यवाणी गरेपछि पनि उनी विवादमा आए। त्यसपछि, फेब्रुअरी २८ मा, नोएडाको एक निजी च्यानलको बहस कार्यक्रममा उनलाई भगवान वस्त्र लगाएका व्यक्तिहरूले आक्रमण गरेको आरोप लगाए।

जयपुर प्रहरीले मुद्दा दर्ता गर्‍यो
जयपुर प्रहरीले आत्मह`त्याको जानकारी पाएपछि रिद्धि-सिद्धि पार्क क्लासिक होटल पुगेको थियो। सोही क्रममा शिप्रापथ प्रहरी चौकीले उनको नजिक गाँजा फेला परेपछि मुद्दा दर्ता गर्‍यो। तर, कम मात्रामा गाँजा फेला परेकाले उनलाई पक्राउ गरिएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖