• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

फेरि थापाथली क्षेत्रमा मेलम्चीको पाइपलाइन फुट्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको थापाथली क्षेत्रमा खानेपानीको पाइपलाइन फुटेको छ । मंगलबार बिहान मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेको हो । पाइपलाइन फुट्नुको कारण भने खुलिसकेको छैन ।

थापाथली चोकबाट नर्भिक अस्पताल जाने ठाउँतिरको बाटोमा लाइन फुटेको र त्यससँगै सडक भत्किएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । यस्तै सो क्षेत्रका केही पसलहरुमा पानी समेत पसेको स्थानीयले बताएका छन् ।

तीन साताअघि मात्रै बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुड्दा त्यस क्षेत्र जलमग्न बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖