गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ), ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका छन् ।
उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले २० प्रतिशत सजाय छुट दिएको छ ।
दिपकले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम छुटको लागि निवेदन दिएका थिए।
यसका आधारमा, मनाङेले अब १ वर्ष ४ महिना कैद भुक्तान गर्नु पर्नेछ।
