• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कुवेत पुगेकी एक महिलाले गरिन् आत्महत्या


  • धनकुटा खबर
  • .

काठमाडौँ । गैरकानुनी बाटो हुँदै दलालको प्रलोभनमा परी कुवेत पुगेकी एक महिलाले आत्महत्या गरेकी छन् । कुवेतस्थित रिघाइमा कार्यरत सिन्धुपाल्चोक घर भएकी निर्मला दोङ तमाङले आत्महत्या गरेकी हुन् ।

कुवेतमै कार्यरत रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरका अनुसार निर्मलाले गत १८ फेब्रुअरीमा आत्महत्या गरेकी हुन् । घरेलु कामदारका रूपमा कार्यरत उनले दुबईमा रहेका श्रीमानले अर्कै केटीसँग लिभिङ टुगेदरमा बस्न थालेपछि आत्महत्या गरेको हुनसक्ने अभियन्ता थापामगरले बताए ।

‘ती बहिनीका श्रीमान दुबईमा अर्कै केटीसँग लिभिङमा बसेको थाहा पाएर उनले झुन्डिएर आत्महत्या गरेको हुनसक्छ,’ अभियन्ता थापाले भने,’ आत्महत्या गरेको जानकारी पाएपछि कानुनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाइसकेका छौं ।’ यता, त्रिभुवन विमानस्थलमा शव बुझ्दै मृतकका आफन्तले आत्महत्या गर्न बाध्य पार्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

गैरकानुनी बाटो हुँदै दलालका माध्यमबाट कुवेत पुग्ने धेरै घरेलु महिला कामदारले आत्महत्या गर्ने गरेको समाजसेवी थापामगर बताउँछन् । घर मालिकको मानसिक तथा शारीरिक यातना, यौनजन्य गतिविधि गर्ने जस्ता कारणले नेपाली महिलाले कुवेतमा आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।

घरेलुु कामदारको समस्या जटिल छ । कुवेतमा अहिले श्रम नगरी गैरकानुनी बाटो हुँदै आएका करिब ४२ हजार नेपाली महिला कार्यरत रहेको थापामगरले बताए । गैरकानुनी बाटो हुँदै घरेलु काममा निःशुल्क आउन पाउने भएपछि तेस्रो मुलुक हुँदै श्रम स्वीकृति नलिई आउनेको संख्या उल्लेख्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖