काठमाडौंको गोकर्णेश्वरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
शनिबार गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती खोलाको बीच भागमा करिब ४५ वर्षीया महिलाको शव भेटिएको हो।
प्रहरीका अनुसार मृतकको नाम, थर, तथा स्थायी ठेगाना हालसम्म खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
