• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

चितामै शव छाडेर भागे मलामी, हेलमेट लगाएर गर्नुपर्‍यो अन्तिम संस्कार


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको सीकर जिल्लामा एउटा अनौठो घटना भएको छ । गाउँकै एक जनाको दाहसंस्कारमा सामेल मलामीहरू शवलाई चितामै छाडेर भाग्नु परेको छ भने घण्टौँपछि हेलमेट लगाएर फर्किंदै अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीकर जिल्लाको श्रीमाधोपुर क्षेत्रको कञ्चनपुर गाउँमा श्मसान घाटमा पुगेका मलामीमाथि मौरीले हमला गरेको हो ।

मौरीको हमलाबाट कम्तीमा २५ जना घाइते भएको बताइएको छ । तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई खण्डेला रोडस्थित अस्पतालमा भर्ना गर्नु परेको बताइएको छ ।

८० वर्षीय माधो सिंह शेखावतको मलामी गएका उनीहरूलाई चितामा आगो बाल्नुअघि नै मौरीले हमला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नजिकै रहेको पिपलको रुखमा बसेका मौरीले अचानक मलामीमाथि हमला गरेका थिए ।

मौरीले हमला गरेपछि भागेका मलामीमध्ये केहीचाहिँ निकैबेरपछि हेलमेट लगाएर, पूरा शरीर ढाक्ने गरी कपडा लगाएर फर्किएका थिए । त्यसपछि बल्ल अन्तिम संस्कार गरिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖