• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तानमा रेल अपहरणः २० जना सेना मारिए, १८२ यात्रु बन्धक


  • धनकुटा खबर
  • .

एजेन्सी । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार गरेको रेल अपहरणको क्रममा २० पाकिस्तानी सैनिकको हत्या गरेको छ भने १८२ यात्रुलाई बन्धक बनाएको छ ।

४५० जना यात्रु रहेको जनाइएको जाफर एक्सप्रेसमा दिउँसो १ बजेतिर हमला गरिएको थियो । रेल क्वेटाबाट पेशावर जाँदै थियो ।

यो घटना क्वेटा देखि पेशावरको मार्गमा बलुचिस्तानको बोलान जिल्लाको माशकाफ क्षेत्रमा भएको हो। ६ घण्टा पछि साँझ ७:३० बजेसम्म पनि जाफर एक्सप्रेस पूर्ण रूपमा बीएलएका लडाकूहरूको नियन्त्रणमा रहेको छ।

बीएलएले बोलानको माशकाफमा गुडालार र पीरू कुनरीको बीचमा यो हमला गरेको हो। यो एक पहाडी इलाका हो, जहाँ १७ वटा सुरुङहरू छन् । यिनै कारणले रेल ढिलो गतिमा चलाउनुपर्छ। यसको फाइदा उठाउँदै बीएलएले रेलमा आक्रमण गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖