• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सामाजिक अभियन्ता उत्तम कार्कीद्वारा आत्मदाहको प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौं । सामाजिक अभियन्ता उत्तम कार्कीले आत्मदाहको प्रयास गरेका छन् । चन्द्रागिरि नगरपालिकास्थित आफ्नौ घरमा मंगलबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । विभिन्न व्यक्तिलाई आरोप लगाउँदै उनले आत्मदाहको प्रयास गरेका हुन् ।
समाज र प्रशासनले आफूमाथि भएको अन्याय कहिले नदेखेको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले प्रहरी अधिकारीको पनि नाम लिएका छन् ।

आफू अन्यायमा पर्दा पनि प्रहरीले समेत साथ नदिएको कार्कीको आरोप छ । उनले भिडियो पनि बनाएको पाइएको छ । आफूले १२ पटक मुद्दा दर्ता भएको उनको भनाइ छ ।

१८ दिन हिरासतमा आफू बसेको कार्कीले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖