• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं उपत्यकामा वर्षा, यी तीन प्रदेशमा राति वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा सुरु भएको छ । काठमाडौं उपत्यकामा मेघजर्गनसहित मध्यम वर्षा सुरु भएको हो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदले आज राति बागमती प्रदेशसहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएका छन् ।

ती स्थानमा मेघगर्जनसहित चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविद विनोद पोखरेलले बताए ।

मौसमविदहरूका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

मौसमविद प्रतिभा मानन्धरले आगामी तीन दिनसम्म घाम खुलेर नलाग्ने जानकारी दिइन् । उनका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ । त्यसैको प्रभावले देशभर नै बादल लागेको हो । तर यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖