• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इन्स्टाग्रामबाट साथी बनेकी युवतीलाई होटलमा लगेर सामूहिक बलात्कार


  • धनकुटा खबर
  • .

भारतको दिल्लीमा बेलायती मूलकी युवतीलाई सामूहिक बलात्कार गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको महिपालपुरस्थत एक होटलमा दुई पुरुषले ती विदेशी युवतीलाई सामूहिक बलात्कार गरेका हुन्।

दुवै युवकलाई प्रहरीले पक्राउ गरिसकेको छ।

दिल्ली पुलिसका अनुसार लन्डनमा बस्ने ती युवतीलाई वसुन्धरा, मयुर बिहार पूर्वी दिल्ली निवासी कैलाश नामका युवकले केही महिनाअघि इन्स्टाग्राममार्फत साथी बनाएका थिए।

यस क्रममा ती युवती केही दिनअघि महाराष्ट्र र गोवा घुम्न आइन् र कैलाशलाई फोन गरी भेट्न बोलाइन्। कैलाशले आफू त्यहाँ जान नसक्ने बताउँदै युवतीलाई नै दिल्ली आउन भने।

युवती मंगलबार साँझ दिल्ली आएर महिपालपुरस्थित होटलमा बसिन्। युवतीको फोनका आधारमा कैलाश आफ्ना साथी वसिम लिएर होटल पुगे। त्यहाँ उनीहरूले रक्सी पिए र खाना खाए। यसपछि कुरा गर्दै उनीहरू होटलको कोठामा गए र युवतीलाई बिनासहमति बलात्कार गरे।

यो घटनापछि युवती कराउन थालिन् र हंगामा मच्चाउन थालिन्। अनि कैलाशले युवतीलाई वसिमको कोठामा बोलाए र मनाउने र शान्त बनाउने प्रयास गरे।

जिल्ला प्रहरी अधिकारीका अनुसार युवती त्यस रात होटलमै सुतिन् र बुधबार बिहानै आफैँ फोर्टिस अस्पताल पुगिन्। अस्पतालमा उनको स्वास्थ्य जाँच गरियो र त्यहीँबाट घटनाबारे प्रहरीलाई खबर पुग्यो।

त्यसपछि वसन्तकुज उत्तर प्रहरी थानाले कैलाश र वसिम दुवैलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

दुवैलाई अदालतमा पेस गरी हिरासत म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖