• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

हेटौंडामा भेटिएको शंकास्पद प्रेसर कुकरमा भेटिएन विस्फोटक पदार्थ


  • धनकुटा खबर
  • .

हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडक किनारमा भेटिएको शंकास्पद प्रेसर कुकर नेपाली सेनाले निष्क्रिय पारेको छ।

बिहीबार साँझ ९:१० बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको हो। सेनाले प्रेसर कुकरमा कुनै पनि विस्फोटक पदार्थ नरहेको निष्कर्ष निकालेको छ।

यसअघि, स्थानीयले सडक किनारमा बेवारिसे अवस्थामा रहेको प्रेसर कुकर देखेपछि खतराजन्य वस्तु हुनसक्ने आशंकामा प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली पुगेर सुरक्षाका उपायहरू अपनाएको थियो।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, प्रारम्भिक आशंकाका आधारमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो। सेनाले आवश्यक जाँचपछि कुकरमा कुनै विस्फोटक पदार्थ नरहेको पुष्टि गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖