• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कलंकीमा युवकमाथि खुकुरी प्रहार, एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । कलंकीमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको दुई पिपल देउराली घर भइ काठमाडौं बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङ छन् । उनलाई खकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनले २९ फागुनको साँझ करिब ६ बजेतिर कलंकीस्थित सिता पेट्रोल पम्प अगाडिको सडकमा मोरङको कटारी गाउँपालिका–४ घर भएका ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार गरेको आरोप छ ।

राईविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖