• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार,एक जना गम्भीर घाइते


  • धनकुटा खबर
  • .

कैलाली,चैत्र ४। कैलालीको लम्की चुहा नगरपालिका–२ मोतीपुरमा एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ।

शनिवार साँझ अमानवीय व्यवहार र कुटपिट गरेको आरोप लागेका कमल रावलको घरमा पुगेको प्रहरीकै अगाडी उनीमाथि खुकुरी प्रहार भएको हो।खुकुरी प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन् । १२–१३ जनाको समूहमा आएका व्यक्तिले अचानक प्रहरीकै अगाडी कमल माथि आक्रमण गरेर थिए ।

शनिवार साँझ नै आफूमाथि अमानवीय व्यवहार र कुटपिट भएको भन्दै अनुप शाहीसहितको एक समूहले इलाका प्रहरी कार्यालय लम्कीमा पुगेर कमल रावलले आफूलाई बन्धक बनाएको, हतियार देखाउँदै यातना दिएको भन्दै उजुरी दिएको थियो। उजुरी पछि प्रहरीले तत्कालै रावलको घरमा पुगे पनि प्रहरीले पक्राउ गर्नु पूर्व नै कमल माथि आक्रमण भएको थियो ।

प्रहरी निरीक्षक लोकेन्द्र सिंहका अनुसार कमलका बुवासँग कुरा गरिरहेको बेला उनी घरको पछाडिबाट भाग्ने प्रयास गरेका थिए। त्यही बेला १२–१३ जनाको समूहले उनीमाथि आक्रमण गरेको हो। स्थानीयले भने प्रहरीले सो घटनाको बेला मूकदर्शक बनेको आरोप लगाएका छन्।

गम्भीर घाइते भएका कमलको धनगढीस्थित माया मेट्रो अस्पताल उपचार भइरहेको छ ।प्रहरीले किटानी जाहेरी आएपछि दोषी पक्राउ गर्ने प्रतिबद्धता जनाएको छ।घटनाको छानबिन जारी रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले घटनाका विषयमा अनुसन्धान भइरहेको र, घटनापछि कुटपिट गर्ने टोली फरार रहेकाले खोजी कार्य जारी रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖