• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ


  • धनकुटा खबर
  • .

वीरगन्ज । प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष सुनिल गुप्तालाइ पक्राउ गरेको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

गाउँमा उपद्रो गरेको आरोपमा प्रहरीले उनलाइ पक्राउ गरेको बताइएको छ । प्रहरीका शुक्रबार राति वडाध्यक्ष गुप्ता आफ्नो समर्थकसहित स्थानीय परशुराम गिरीको घरमा पुगी ढुंगामुढा हानेका थिए ।

उनकै नेतृत्वमा गएकाको समूहले गिरी लगायत उनको परिवारका सदस्यलाई निर्घात कुटपिट पनि गरेका थिए । जसको प्रतिकारमा गिरीले बन्दुक निकालेर एक राउण्ड हवाई फायर गरेका थिए ।

त्यसपछि अध्यक्ष गुप्ता र समर्थकहरु को भागाभाग भएको थियो । सोही घटनाको गराएको आरोपमा प्रहरीले गुप्तालाई उपद्रो मुद्दा अन्तर्गत नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖