• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जनकपुरमा झडप : प्रहरीले गोली चलायो, एकजना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नामाकरणको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ। झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ, जसमा एक जना घाइते भएका छन्।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार गोली लागेर एक व्यक्ति घाइते भएका छन्, तर उनको पहिचान खुल्न बाँकी छ। घाइतेलाई जनकपुर प्रादेशिक अस्पताल लैजाने तयारी गरिएको छ।

भठिहन चोकमा केही समयअघि ‘यादव चोक’ लेखिएको बोर्ड राखिएको थियो। त्यसलाई अन्य समुदायले उखेलेपछि विवाद चर्किएको थियो। शनिबारदेखि दुई पक्षबीच तनाव बढ्दै गएपछि आइतबार झडप भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖