• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ


  • धनकुटा खबर
  • .

सर्लाही । सर्लाहीमा एक महिलाले नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवसँग पटक–पटक गरी कुल दुई लाख पचहत्तर हजार रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पीडित यादवका दाजु सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए। जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै २०८१ साल चैत्र ३ गते महतोलाई पक्राउ गरिएको हो।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको सर्लाही प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖