• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले करिब २५ करोड नगद सहित दुईजनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको हो ।

नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।

काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖