• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

चुनाव हारेको झोकमा कुटपिटमा उत्रिए अनेरास्ववियुका सुनार, नेविसंघनिकट आलममाथि आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ चैत । महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिवको उम्मेदवार रहेका रूपसिंह सुनार हार स्विकार गर्न नसक्दा कुटपिटमा उत्रिएका छन् ।

सुनार र अनेरास्ववियुकै अर्का कार्यकर्ता विश्व पुरीले नेपाल विद्यार्थी संगठन (नेविसंघ) का संसद आलमलाई निर्घाट कुटपिट गरेका हुन् । उनीहरुले आलममाथि रड प्रहार गरेका थिए ।

आलमको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएको छ । उनको टाउकोमा ५ टाँका लगाइएको छ ।

स्नातक तह जनस्वास्थ्य अध्यनरत आलममाथि नेविसंघको पक्षमा माहोल बनाइदिएको आरोप लगाउँदै उनीहरुले आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖