• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

माया एउटासँग, विवाह अर्कोसँग: प्रेम र षड्यन्त्रको खेलपछि विभत्स हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको उत्तर प्रदेश, मेरठमा मुस्कान नामकी महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छिन्। सन् २०१६ मा सौरभ राजपुतसँग विवाह गरेकी मुस्कानकी एक छोरी छिन्। सौरभ व्यावसायिक पानीजहाजमा अफिसर भएकाले उनी प्रायः यात्रामा रहने गर्थे, जसले गर्दा मुस्कान मेरठमै छोरीसँग बस्दै आएकी थिइन्।

सन् २०१९ मा मुस्कानको साहिल नामका युवकसँग प्रेम सम्बन्ध सुरु भयो। २५ फेब्रुअरीमा जन्मदिन मनाउने क्रममा उनले पतिको हत्या गर्ने योजना बनाइन्। ४ मार्चमा सौरभ घरमा सुतेका बेला साहिलले चक्कु प्रहार गरेर उनको हत्या गरे। शवलाई प्लास्टिकको ड्रममा हालेर सिमेन्टले पुरियो।

हत्या लुकाउन मुस्कानले आफू हिमाचल जान लागेको बहाना गरिन् र साहिलसँग मनालीमा हनिमुन मनाइन्। तर, मुस्कानकी आमाले प्रहरीलाई खबर गरिन्। अनुसन्धानपछि प्रहरी घटनास्थल पुगेको थियो। ड्रम फोडेपछि सिमेन्टभित्र लुकाइएको शव फेला पर्‍यो। प्रहरीले मुस्कान र साहिललाई नियन्त्रणमा लिई हत्या तथा षड्यन्त्रको आरोपमा मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖