काठमाडौ । अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ ।
अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो । निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक–एक जना रहेका छन् ।
स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिअन्तर्गत पछिल्लो समय अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम पक्राउ गरी निष्कासन गर्न थालेको छ।
