• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कैलालीको जंगलमा देखिएका १०० बढी रहस्यमयी विदेशीबारे बोल्यो सरकार


  • धनकुटा खबर
  • .

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा १५ दिनदेखि बसोबास गर्दै आएका १०० भन्दा बढी विदेशी पर्यटकलाई कैलाली जिल्ला प्रहरी कार्यालयले २४ घण्टाभित्र उक्त स्थान छोड्न निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार, यी पर्यटकहरू “रेन्बो फ्यामिली ग्यादरिङ” नाममा समूह बनेर सरकारी जङ्गलमा बिना अनुमति बसेका थिए। यसअघि स्थानीयको गुनासोपछि बिहीबार अनुगमन गरिएको थियो। शान्ति सुरक्षामा असर नगरेको पाइए पनि कानूनी कार्यवाहीका लागि २४ घण्टाभित्र उनीहरूलाई स्थान छोड्न भनिएको हो।

रेन्बो फ्यामिली ग्यादरिङ एक स्वतन्त्र जीवनशैली अपनाउने समुदाय हो, जसले प्रकृतिमा रमाउने र शान्तिको पक्षमा उभिने गर्दछ। यसका सदस्यहरूले नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको दाबी गरिए पनि प्रशासनले अनुमति नलिएका कारण उनीहरूलाई स्थान छोड्न निर्देशन दिएको हो।

यसैबीच, घोडाघोडी नगरपालिकाका पर्यटन व्यवसायी डबल शाहले विदेशी नागरिकसँग समन्वय गरेर उनीहरूलाई सिमली जङ्गलमा बस्ने वातावरण तयार पारेको कुरा मिडियामा प्रकाशन भएपछि कैलालीको सुखडका पत्रकार प्रकाश मिश्रमाथि बिहीबार हातपात भएको छ।

रेन्बो फ्यामिलीको इतिहास १९७० को दशकको अमेरिकी हिप्पी आन्दोलनसँग जोडिएको छ र हाल यो समूह विश्वभर फैलिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖