काठमाडौँ । पछिल्ला केही दिन काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चल्ने क्रम जारी छ ।
फरक यति हो, बालेनले सामाजिक सञ्जाल प्रयोग गरेका छन् भने प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमको मञ्च ।
मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ महिनामा मात्रै प्रधानमन्त्री ओली लक्षित ६ वटा ‘स्ट्याटस’ लेखेका छन् ।
लगातार बालेनले आफू लक्षित स्ट्याटस लेखेपछि प्रधानमन्त्री ओलीले समस्या पहिचान र सम्बोधनमा ध्यान दिएनन् । बरु उनले सार्वजनिक रूपमै बालेनलाई चेतावनीपूर्ण जवाफ दिन समय खर्चिने गरेका छन् ।
