• Saturday 31st of October 2026

कांग्रेस सडकमा शक्ति प्रदर्शनको पक्ष र विपक्षमा नउभिने, संविधानको पक्षमा दृढ रहने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसले सार्वभौम नेपाली जनताद्धारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको पक्षमा प्रतिबद्धता जाहेर गर्दै दृढताका साथ उभिने निर्णय गरेको छ ।

साथै यही संविधानमार्फत जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरूलाई सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको नेता डा प्रकाशशरण महतले बैठकपछि जानकारी दिए । डा महतका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका विषयमा विभिन्न कोणबाट छलफल गर्दै निर्णय गरेको हो ।

‘विभिन्न कोणबाट भएको छलफलमा संविधानसभाबाट बनेको संविधानबाट नै जनताका आवश्यकतालाई सम्बोधन गर्न सकिने विश्वास कांग्रेसले लिएको छ’, महतको भनाइ छ । उनले संविधानको खिलाफमा गतिविधिहरु हुन थालेपछि कांग्रेसले संविधानप्रति दृढता व्यक्त गरेको हो ।

यसबाहेक कांग्रेस बैठकले पार्टीका आन्तरिक विषयमा समेत निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖