मानानीय ज्ञानेन्द्र शाही लेख्छन्, “आफै झाँक्री आफै बोक्सी ” ।
कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माज्यू यदि साँच्चै तपाईँहरू कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुस् र कारबाही गर्नुस् ।
चाबी र ताला तपाईहरुकै हातमा छ। कमरेड प्रचण्डज्यू तपाईं यदि साँच्चै कुलमान घिसिङलाई पुननियुक्ति गर्न चाहनुहुन्छ भने हिजो सिहँदरबारमा गोप्य रुपमा गरिएको टिआरसी विधेयक सम्झौता कांग्रेस एमालेसँगको तोड्नुहोस ।
होइन भने हातिको जस्तो दुईवटा दाँत नदेखाउनुस् एउटा चपाउने एउटा लुकाउने । गोहीको जस्तो आँसु नझार्नुस्। सामाजिक सञ्जाल र सडकमा रमिता र नाटक नगर्नुस्।”
