• Friday 30th of October 2026

कुलमानसँगै काम गरेका पूर्व ऊर्जामन्त्रीहरुको एकैस्वर : निर्णय सच्याइयोस्, नत्र सरकारलाई भारी


  • धनकुटा खबर
  • .

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको प्रति असन्तुष्टि जनाएका छन्।

सोमबार साझँ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदबाट हटाएको थियो। त्यसलगतै कुलमानसँग काम गरेका ऊर्जा मन्त्रीहरुले उनलाई हटाइए भन्दै असन्तुष्टि व्यक्ति गरेका हुन्।

कुलमानलाई घिसिङलाई पहिलो कार्यकालमा नियुक्ति गराएका पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले बेला बेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरे पनि ती सधैँ पराजित हुने बताएका छन्।

‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोडसेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्न चाहान्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले बेला बेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुन्छन,’ शर्माले लेखेका छन्।

यस्तै कुलमानसँग काम गरेका पूर्व ऊर्जामन्त्री वर्षमान पुनले बिचौलियाको स्वार्थमा गरिएको निर्णय सच्चाउनुको विकल्प नभएको उल्लेख गरेका छन्।

‘ओली सरकारले अर्को मूर्खता गर्‍यो। कुलमान व्यक्ति होइन, जनताको ढुकढुकी हो, असम्भवलाई सम्भव बनाउन सक्ने पात्र र प्रतिक हो,’ उनले लेखेका छन्, ‘बिचौलियाको स्वार्थमा गरिएको निर्णय सच्याउनुको विकल्प छैन,अविलम्ब पुन:स्थापना गरियोस।’

यस्तै, अर्का ऊर्जामन्त्री राजेन्द्र लिङदेनले पनि प्राधिकरणमा चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढेको उल्लेख गरेका छन्।

‘सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ,’ उनी लेख्छन्, ‘नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढेको छ।’

यस्तै, माओवादीबाटै ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पम्फा भुसालले नेपाललाई लोडसेडिङको समस्याबाट मुक्त गर्ने कुलमानलाई हटाएर जनतालाई थप आक्रोशित बनाउने काम गरेको बताएकी छ्नl

‘यो दलाल र माफियाको लागि काम गर्ने सरकार हो भन्ने कुरा स्पष्ट भएको छl सरकारले यथाशीघ्र यो निर्णय सच्चाओसl अन्यथा यो अप्रिय निर्णय सरकारलाई भारी हुन सक्छ। समय मैं चेतना भया,’ उनले लेखेकीछन्l

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖