• Friday 30th of October 2026

एमाले कार्यकर्ताद्वारा विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठमाथि कुटपिट


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ चैत । नेकपा (एमाले) का कार्यकर्ताहरुले नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन् ।

आज विहान प्राधिकरणको डिजिटल बोर्डमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा डिस्प्ले भएको थियो । सोही विषयलाई लिएर उनीहरुले वितरण केन्द्रका प्रमुख श्रेष्ठमाथि कुटपिट गरेका हुन् ।

प्राधिकरणको डजिटल बोर्डमा ‘केपी… छोड’ को नारा डिस्प्ले भएको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि उक्त नारा डिस्प्ले भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖