• Friday 30th of October 2026

बुबालाई थाहै नदिई सानोबुबाले प्लेन हाइज्याक गर्नुभयो : शशांक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालाले आफ्नो बुबा विश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई थाहै नदिई ‘प्लेन हाइज्याक’ गरेको बताएका छन् ।

काठमाडौँमा आयोजित सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा डा. कोइरालाले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै गिरिजाले बिपीलाई जानकारी दिएको बताए ।

‘सानोबुबाले बुबालाई थाहै नदिई प्लेन हाइज्याक गर्नुभएको हो,’ डा. कोइरालाले भने, ‘राति प्लेन हाइज्याक भयो । अर्कोदिन बिहान उहाँले बुबालाई आएर भन्नुभयो, सान्दाजु मैले त प्लेन हाइज्याक गरे ।’

गिरिजाको कुरा सुनेपछि बिपीले किन त्यस्तो गरेको भनेर सोधेको पनि उनले बताए । डा. कोइरालाले भने, ‘किन नसोधी त्यस्तो काम गरेको भन्नुभयो । जवाफमा सानोबुबाले पैसा नभएर गाह्रो भएपछि हाइज्याकिङ गरेको जानकारी गराउनुभयो । जनताको पैसा जनताका लागि खर्च गरौँ भन्ने उद्देश्य हो भन्नुभयो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖