• Friday 30th of October 2026

कुलमान हटाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैनः प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन नचल्ने बताएका छन् ।

आज (बुधबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रोष्टममा आएर चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका हुन् ।‘प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ, चित्तबुझ्दो जवाफ आए सदन चल्छ । नत्र चल्दैन,’– प्रचण्डले भने ।

संसद्मा प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका प्रचण्डले प्रधानमन्त्री ओलीले टीआरसीसँग सम्बन्धित विषयमा छलफल गर्न पटक–पटक बोलाएपछि आफू गत सोमबार बैठकमा गएको बताए । उक्त बैठकमा कुलमानलाई हटाउने सन्दर्भमा कुनै छलफल नभएको पनि प्रचण्डको दाबी छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको थियो ।

मन्त्रिपरिषद्को सोही बैठकले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरिसकेको छ । नवनियुक्त कार्यकारी निर्देशक शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको सालो हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖