• Friday 30th of October 2026

द्रब्य लिएका केही बुद्दिजीवी र मिडिया राजसंस्थाको बिरोधमा लागेः राप्रपा प्रवक्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा र राजसंस्थाका बारेमा भ्रम फैलाउन खोजिरहेको आरोप लगाएको छ ।

 

नेपालका केही बुद्दिजीवि र मिडियाहरू यसमा लागिरहेको राप्रपाले जनाएको छ ।

 

‘द्रब्य लिएर विदेशी स्वार्थ र विदेशी एजेण्डा बोक्ने कथित बुद्धिजिवी र केही मिडिया समेतले नकारात्मकता फैलाउन राजा र राजसंस्थाका विगतका अनेकन किस्साहरु उत्खनन गरिरहेका छन्, ति सबै प्रयासहरु निरर्थक हुनेछन्,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘परिवर्तनको वहाव र जनचाहनालाई अनेकन आवरणमा रोक्न खोज्नु हत्केलाले सूर्य छोप्न खोज्नु जत्तिकै असम्भव र दुस्साहसपूर्ण हुनेछ। गणतन्त्र यसको प्रयोगबाटै असफल भइसक्यो। यो नेपालको लागि होइन, नेपालीले धान्न सकेन, सक्दैन ।’

उनले अगाडी भनेका छन, ‘देश यथास्थितिमा अघि बढिरहन अब किमार्थ सम्भव छैन्, राजसंस्था, हिन्दुराष्ट्रको पुनस्स्थापना र संघीयता खारेजीको पक्षमा हुने आन्दोलन, संघर्ष र प्रदर्शनहरुमा हाम्रो साथ, सहयोग र समर्थन हुनेछ ।’

 

उनले शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन, आन्दोलनको जगमा परिवर्तन– अबको गन्तव्य हुने समेत जनाएका छन ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖