नेपाल विद्युत प्राधिकरणले प्रवक्ताको जिम्मेवारी राजाभाइ शिल्पकारलाई दिएको छ ।
यसअघिका चन्दन घोषलाई हटाएर शिल्पकारलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
सरकारले सोमबार प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई उक्त जिम्मेवारी दिएपछि प्रवक्ता फेरिएका हुन् ।